काठमाडौं । फेसवुकमा महिलाको चरित्र हत्या गर्ने फरार अभियुक्तलाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले काठमाडौं–५ हाँडीगाउँ घर भएका अविनाश कुमार प्रधानलाई पक्राउ गरेको हो ।
३३ वर्षीय प्रधानले ०७२ मा जावलाखेल बस्ने महिलाको चरित्र हत्या गर्ने कुरा लेखेर आफ्नो फेसवुक आईडीमा पोष्ट गरेका थिए । ‘साईबर अपराध’ मुद्धामा ०७३ असार २० मा काठमाडौं जिल्ला अदालतले उनलाई ४ महिना कैद र ५० हजार जरिवाना हुने फैसला गरेको थियो ।
फैसलापछि फरार अविनाशलाई नक्सालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेश विष्टले बताए । ०७२ पुस २४ मा अविनाशले ललितपुर, जावलाखेलका जेनिस महर्जनको बैनीको सामाजिक संजालमार्फत चरित्र हत्या गरेका थिए । अदालतले फैसला गरेपछि उनी फरार थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।