कविता : देशको राजा अध्यादेश



देशको राजा अध्यादेश
देश भित्र अध्यादेश।

अध्यादेश भित्र देश
विद्या देश भित्र अध्यादेश।

भाषा अनि सब भेष
अध्यादेशै अध्यादेश।

देशमा भित्र सात राजा
शिरमा झन ठूलो राजा।

पिरमा छ्न ठूलो राजा
भिरमा छन ठूलो राजा।

सातै भए सब राजा
सातै भए सब खाजा।

चिसो घरमा छिन रानी
बालुवामा छ्न राजा।

राजा भित्रका राजा
अध्यादेश सधै ताजा।

झिलीमिली अध्यादेश
मिलीजुली अध्यादेश।

नुनमा छ अध्यादेध।
कानुन बन्छ अध्यादेश।

राजै राजाको देश
गणतन्त्रको रैछ भेष।

बिहान हुन्छ अध्यादेश
रात सम्ममा सब शेष।

कानुन बर्साउन अध्यादेश
सब तर्साउन अध्यादेश।

अर्ति उपदेश दिन अध्यदेश
भर्ती गर्न होला अध्यादेश।

देश चलाउन अध्यादेश
देश जलाउन अध्यादेश।

राजा बन्न होला अध्यादेश
रानी बन्न होला अध्यादेश।

देश भित्र सात देश
देश भित्र छ मधेस।

देश भित्र छ सब देश
मधेस भित्र बिदेश।

देशको राजा अध्यादेश
देशको खाजा अध्यादेश।

देशको माझ अध्यादेश
देशको लाज अध्यादेश।

पार्टी फोर्न अध्यादेश
पार्टी जोड्न अध्यादेश।

तह लगाउन अध्यादेश
मह लगाउन अध्यादेश।

धन्यवाद।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्