‘म कुनै पनि भेलामा जान्न, पाँच नेताको बैठकमा भने म जान्छु’ : वामदेव गौतम



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा उत्पन्न विवाद समाधानका लागि आफू बहुमत सचिवालय सदस्यको साथमा रहेको बताएका छन्। पार्टीभित्रको विवाद समाधानका लागि बहुमत सचिवालय सदस्यहरूको लाइन ठिक रहेको उनको भनाई छ।

बहुमत सचिवालय सदस्यहरूले विवादको हल पार्टी बैठकबाट निकाल्नु पर्नेमा जोड दिइरहेका छन्। तर प्रधानमन्त्री केपी शर्मा ओली पक्ष त्यसको विपक्षमा छ। उपाध्यक्ष गौतमले पार्टीमा उत्पन्न विवादको जड निर्णयअघि नै दुई अध्यक्षबीच सहमति हुन भएको बताएका थिए। उनले सचिवालयमा त्यसको विरोध गरेका थिए।

गुटको बैठकले पार्टी विवादको हल नगर्ने भएकोले यस्ता भेलामा आफू सहभागी नहुने पनि गौतमले बताएका छन्। उनले सचिवालयका पाँच सदस्यको बैठकमा भने आफू सहभागी हुने बताएका छन्। उनले बैठकबाट सबै समस्याको हल खोज्नुपर्नेमा आफू दृढ रहेको बताएका छन्।

‘अहिले भेला गर्ने समय नभएको भन्दै नेकपा उपाध्यक्ष क. वामदेव गौतमले भन्नुभयोः म कुनै पनि भेलामा जान्न, पाँच नेताको बैठकमा भने म जान्छु,’ सुवेदीले फेसबुकमा लेखेका छन्, ‘अहिले भेला गर्ने बेला होइन। बैठकबाट सबै समस्याको हल खोज्ने समय हो।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्