कपिलवस्तु , पौष ४ / विजयनगर
कपिलवस्तु जिल्ला को विजयनगर गाउँपालीकामा अजिङ्गर सर्पको बच्चा भेटिएको छ । गाउँपालीकाको वडा नम्बर ७ स्थित त्रिनेत्र निम्न माध्यमीक विद्यालय सोनवरसाको कम्पाउण्डमा शुक्रबार उक्त सर्प भेटिएको हो । बिहान ११ बजे फेला परेको अजिङ्गर सर्पको बच्चा अनुमानीत ५ फिट लामो रहेको बताइएको छ ।
सर्पलाई वन कर्मचारीहरुको टोलीद्वारा उद्दार गरि गौतम बुध्द साझेदारी वन व्यवस्थापन समितीको वन क्षेत्र, चिरइ खोला, कोहीनाहव खोला र अर्रा खोला भित्र पर्ने जवाबैराठको वन क्षेत्रको उपयुक्त वासस्थानमा लगि छाडिएको छ ।
सर्पलाई वडा नम्बर १ का वडा अध्यक्ष इन्नर चौधरी, गुगौली सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत संजय कुमार मिश्र, शसत्र वन रक्षक रुमलाल पाख्रेल, रेडियो विजयनगरका प्रतिनिधी शम्भु बिक लगाएत स्थानीयको रोहबरमा वनमा छाडी लुम्बिनी प्रदेश सरकारमा पत्र पठाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।