काठमाडौं । ७२ सालमा कैलालीको टीकापुरमा भएको विद्रोहको मुख्य नाइकेकोरुपमा सरकारले रेशम थारुलाई जेलमा राखेको छ । रेशम थारु जेलमै छन तर शुक्रबार मात्रै घटनामाथि उच्च अदालत दिपायलले उनलाई जन्मकैदको फैसला सुनाएको छ । सोही घटनाका अर्का अभियुक्त लक्ष्मण थारुलाई पनि अदालतले जेन्मकैदको फैसला सुनाएको छ ।
लक्ष्मण यसअघि नै रिहा भएका छन् । यी २ जना चिनिएका थारु समुदायका नेता हुन् । यसरी जन्मकैद सदर हुनेहरुमा हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी रहेका छन् ।
३ वर्ष सजाय काटेर रिहा भएका लक्ष्मण चौधरीलाई पनि जन्मकैदको फैसला सुनाइएको छ । त्यसैगरि सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियालाई जनही ५ वर्ष कैद सजाय सुनाइएको छ ।
३ वर्ष जेल सजाए काटेर रिहा भएका संगम चौधरी, दिलबहादुर चौधरी र जितबहादुर चौधरीलाई जनही १० वर्ष कैद सजाय सुनाइएको छ । ३ वर्ष जेल सजाय काटेर रिहा भएका रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेमबहादुर चौधरीलाई जनही ५ वर्ष कैद सजाय पनि हुने भएको छ ।
साथै चुन्नीराम चौधरी, लाहुराम चौधरी र रामकुमार कठरियाको पनि यसअघिकै फैसला सदर भएको छ । यसअघि ३ वर्ष सजाय पाएका विश्राम चौधरी, रामनरेश चौधरी र तहावीर अलीलाई भने अदालतले सफाइ दिएको छ । नाबालक करण चौधरीको ६ महिना कैद सजाय सदर भएको छ ।
यसैबिच आफूलाई जन्मकैद सजायको घोषणा भएको दिनमा नै रेशम चौधरीले किताब ‘परिबन्द’ नामक पुस्तक प्रकाशमा ल्याएका छन् । सो पुस्तकमा मार्फत् रेशमले जेलको ४ पर्खालबाटै पनि देशको राजनीतिक तथा समसामयीक चित्र प्रस्तुत गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।