आर्थिक तथा सामाजिक अधिकारको लागि नागरिक समाजको भुमीका बिषयमा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न



विजयनगर,
आर्थिक तथा सामाजिक अधिकारको लागि नागरिक समाजको भुमीका बिषयमा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार गोरुसिङ्गेमा सम्पन्न भएको छ । इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल कपिलवस्तु र जुरी नेपाल ललितपुरको आयोजना, आईएम स्विडेस डेभलपमेन्ट पार्टनरको सहयोग तथा आर्थिक साजिक तथा सास्कृतीक अधिकार जिल्ला संजाल कपिलवस्तुको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जुरी नेपालका कार्यकारी निर्देशक मोहन लाल आचार्यले आर्थिक सामाजिक तथा सास्कृतीक अधिकार प्राप्तीका लागि नागरिक समाजको भुमीका बिषयमा पस्तुतिकरण दिनु भएको थियो । आचार्यले संविधान कार्यान्वयनमा बिभिन्न चुनौतीहरु रहेकोले नागरिक समाजको ध्यान कानुन कार्यान्वयनमा जानुपर्ने बताउनु भयो । उहाँले विश्वमै शान्ति कायम गर्ने मानव अधिकारको मुख्य उद्यस्य रहेको प्रष्टाउदै मानव अधिकार र संविधान संसोधन तथा कार्यान्वयनमा नागरिक समाजले आवाज उठानु पर्नेमा जोड दिनुभयो ।
संविधानले दिएका धेरै कानुन कार्यान्वयनमा सहजता नभएकाले ओकालत तथा समन्ययी करण गर्नु पर्ने भन्दै, केन्द्र, प्रादेशीक तथा स्थानीय तहमा बन्ने कानुन कार्यान्वयनमा दबाब सँगै सहजिकरण गर्नुपर्ने नागरिक समाजको दायित्व रहेको बताउनु भएको हो ।
यस्तै आर्थिक सामाजिक अधिकारको प्रत्याभुती निती र कार्यक्रम कानुनमा कसरी आउछ र के के छन भन्ने बारेमा जुरी नेपालका कार्यक्रम व्यवस्थापक तथा अधिवक्ता विष्णु प्रसाद पोख्रेलले प्रस्तुतिकरण दिनुभएको थियो ।

जुरी नेपालले महिला र युवाहरुमा रोजगार तथा कृर्षिमा पहुच र अभिबृद्धीका लागि काम गरिरहेको बताउदै कृषि, स्वास्थ्य र शिक्षा नियमावली बाझिएको र कार्यान्वयन नभएका तथा स्थानिय तहका अगुवालाई नै थाहा नभएको देखिएकाले यसमा नागरिक समाजले विषेश ध्यान दिनुपर्नेमा जोड दिनुभयको थियो ।

बैंक तथा वितिmय संस्थाद्वारा बाणिज्य बैंकले दश प्रतिशत र निजी बैंकले पाँच प्रतिशत अनुदान दिनुपर्नेमा पहुचवालाहरुे मात्र हनुदान पाउने गरेकोले यस्ता कानुन कार्यान्वयनमा लक्षित व्याक्ति सम्म पुर्याउन नागरिक समाजले ओकालत गनुपर्ने बताउनु भएको थियो ।
उँहाले विजयनगर गाउँपालिकालाई मानव सुचाङ्कमा नमुना पालीका बनाउने योजना कार्यान्वयन गरेको पनि बताउनु भएको थियो ।

अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रममा इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल कपिलवस्तुका अध्यक्ष विष्णु पौडेलको अध्यक्षता, सल्लाहकार विष्णु गौतमको स्वागत मन्तव्य तथा इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल कपिलवस्तुका कार्यक्रम संयोजक राम बुढा मगरको संचालनमा सम्पन्न भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्