दाङ । प्रतिपक्ष नेपाली काँग्रेस जिम्वेवार ढँगले अगाडि बढिरहेको देउखुरीमा आयोजित एक कार्यक्रममा बोल्ने काँग्रेसका नेता हरुले बताएका छन ।
नेपाली काँग्रेस क्षत्र नम्बर १ देउखुरीले आयोजना गरेको सँगठन सुदृढिकरणका लागि कार्यकर्ता भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने नेताहरुले काँग्रेस जिम्बेवार पार्टी भएकाले जिम्बेवार ढँगले नै अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्ब साँसद तथा काँग्रेसका केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले सबै काँग्रेस कार्यकर्ताहरु एकढिक्का भएर लाग्नुपर्ने बताए । देशको समृद्दीका लागि काँग्रेसको नेतृत्व आबस्यक रहेको भन्दै उनले कहिँ कतै बिचलित नहुन सुझाए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रीय सदस्य घिमिरेले सत्ताको आश भन्दापनि देशको समृद्दी र भाबी सन्ततीका लागि राजनिति गर्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी नेपाली काँग्रेस दाङ जिल्ला सभापती कृति बहादुर खड्काले नेकपा लाई परास्त गरेर सत्तामा जाने बताए ।
केन्द्रमा नेकपा फुटको गन्ध आईरहेकै बेला उनिहरुलाई जुटको सन्देश दिँदै सभापती खड्काले परास्त गरेरै जाने बताए । काँग्रेसले प्रतिपक्षको भुमिका निर्बाह गर्न नसकेको प्रसँगमा उनले काँग्रेस जिम्वेवार पार्टी भएकाले जिम्वेवार भुमिका निर्बाह गरिरहेको बताए । “हामी सडकमा टायर बाल्न जाँदैनौ, रेलिङ्ग भाच्न जाँदैनौ खड्काले भने किनकि काँग्रेस देशका लागि जिम्वेवार पार्टी हो ।”
उनले अरुलाई दोष्यारोपन गर्नु भन्दापनी आफै सुध्रिएर काँग्रेसलाई मजबुत बनाउनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा लमही नगर सभापती शिव प्रसाद चौधरी, पुर्ब महासमिति सदस्य हरु अनुप थापा, मोहन गिरी, नेपाल बैदेशिक रोजगार लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष किरण किशोर घिमिरे, जिल्ला सदस्य लक्ष्मण पवन शर्मा, पुर्ब जिल्ला उप सभापती हरु नारायण बिसी, गोबिन्द रेग्मी, महाधिबेसन प्रतिनिधि रेशम बहादुर खड्का, महासमिति सदस्य हरु कर्ण बहादुर बुढाथोकि, जानकिलाल बस्नेत, जिल्ला सचिब शँकर प्रसाद डाँगी, पुर्ब जिल्ला सभापती मोहनलाल वली, सँघिय साँसद बिमला नेपाली लगायतका बक्ताले आ-आफ्नो भनाई राखेका थिए ।
क्षत्र नम्बर १ देउखुरीका सभापती भेषराज पाण्डेयको सभापतित्व तथा पुर्ब साँसद तथा केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेको प्रमुख आतिथ्यता एबम् जिल्ला सभापती कृति बहादुर खड्काको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा निर्माणाधिन अबस्थामा रहेका बिपि स्मृती भवन रातोडाँडा र स्वर्गीय खुमबहादुर खड्का अमिलियाको शालिक निर्माणमा हाल सम्म भएको खर्च सार्बजनिक गरिएको थियो ।
करिब २ करोडको लागतमा निर्माणाधिन ५ तला बिपि स्मृती भवनमा हाल सम्म ३४ लाख रुपैया खर्च भईसकेको जनाईएको छ । हालसम्म भवन निर्माणका लागि विभिन्न सहयोगी दाता हरुबाट ६० लाख रुपैया प्राप्त भएको थियो । त्यस्तै स्व. खुम बहादुर खड्का शालिक निर्माणका लागि सहयोगी दाता हरुबाट प्राप्त ८ लाख रुपैया बाट हाल सम्म ६ लाख ५० हजार खर्च भएको क्षत्रिय सभापती भेषराज पाण्डेयले जानकारी दिए । शालिक निर्माणका लागि फाउण्डेसनको काम अन्तिम चरणमा रहेको बताईएको छ ।
राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देबी यादबको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा क्षत्रिय सचिब चुडामणी आचार्यले धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजिकरण अर्का क्षत्रिय सचिब हरिहर शर्माले गरेका थिए । कार्यक्रममा केन्द्र तथा जिल्लाका नेता कार्यकर्ताको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।