नेपाली कांग्रेस र जसपाबीच भएको दुई बुँदे समझदारी यस्तो छ



काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच सरकारविरुद्ध संघर्ष गर्नेबारेमा मिलेर जाने समझदारी भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कांग्रेस र जसपाका नेताहरुबीच शनिबार भएको छलफलपछि उक्त समझदारी भएको हो।

कांग्रेस र जसपाबीच मुख्य गरि दुई विषयमा मिलेर जाने समझदारी भएको छ। उनीहरुबीच संसद अधिवेशन तत्कालीन बोलाउन सरकारसँग मााग गर्ने, लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड-१९ को संक्रमण संक्रमण र आर्थिक संकटका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरुसँग सहकार्य गरेर अघि बढ्ने समझदारी भएको हो।

जसपा नेताहरु महन्त ठाकुर, बाबुराम भट्टराई र राजेन्द्र महत्तो देउवा निवास पुगेका थिए। जनता समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसबीच भएको दुई बुँदे समझदारी यस्तो छ:

१. संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने।

२. लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड-१९ को विविध पक्ष, आर्थिक संकटलगायत जनसरोकारका विषयमा संसद्‌मा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्