राजनीतिक अस्थिरता निम्त्याएर अराजकता मच्चाउन खोजियोः अधिकारी



पोखरा । सत्तारुढ नेकपाका केन्द्रीय सदस्य खगराज अधिकारीले राजनीतिक अस्थिरता निम्त्याएर देशलाई अराजकतातर्फ धकेल्न खोजिएको आरोप लगाएका छन् ।

लेखनाथ सामुदायिक सेवा केन्द्रको सातौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको आज गरिएको पदभार ग्रहण कार्यक्रममा उनले राष्ट्रिय अखण्डताको पक्षमा दृढका साथ उभिएको वर्तमान सरकारलाई अहिले चौतर्फी राजनीतिक घेराबन्दी गरिएको बताए ।

गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विकास र सामाजिक सङ्घ संस्थामा राजनीतिले प्रभाव पार्न नहुने बताए । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सामाजिक विकृतिविरुद्ध सञ्चालन गरिने अभियानमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सेवा केन्द्रको सातौं अधिवेशनबाट अध्यक्षमा त्रिलोचन लामिछाने, उपाध्यक्षमा लक्ष्मीप्रसाद ढुङ्गाना, सचिवमा कृष्णप्रसाद अधिकारी, कोषाध्यक्षमा गङ्गाकुमारी खनाल र सहसचिवमा हरि बस्ताकोटी निर्वाचित भएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्