कैलाली । सुदुरपश्चिम प्रदेशको बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । असुर्पाबाट मेलौलीतर्फ आउँदै गरेको सुप प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर मेलौली नगरपालिका–९ मा शनिबार साँझ दुर्घटना भएको थियो ।
ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खस्दा मेलौली नगरपालीका–९ का ३२ वर्षीय नारायण भट्ट र ५८ वर्षीय नारायण भट्टको मृत्यु भएको हो । दुर्घटनामा ट्याक्टर चालक कैलालीको गौरीगंगा नगरपालिका–३ का अन्दाजी २५ वर्षीय अमृत चौधरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
file photo.
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।