मन्त्रिपरिषद्ले राष्ट्रिय सभा चुनाव गर्न मिती तोक्यो



 

सैघाली खबर,
काठमाडौं २१ पुस।– सरकारले राष्ट्रिय सभाको चुनाव माघ २४ गते तोक्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठक निर्वाचन आयोगको सिफारिश अनुसार माघ २४ गते राष्ट्रिय सभाको चुनाव गर्ने निर्णय गरेको हो।

अघिल्लो शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।

निर्वाचन आयोगले माघ २५ गते चुनाव गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको थियो। आयोगले मिति तोक्नुभन्दा पहिला प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्