संसद भंग भएका कारण संवैधानिक निकायमा नियुक्ति रोकियो



काठमाडौं । विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाई नहुने भएको छ । संवैधानिक परिषद बैठकले मंसिर ३० गते नै विभिन्न संवैधानिक निकायमा पदाधिकारीहरुको सिफारिस गरेको थियो भने सो सिफारिस विवादमा तानिएको छ ।

यसैबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि संसदीय सुनुवाई विशेष समिति अस्वित्वविहीन बनेकाले सुनुवाई नहुने भएको हो ।

सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले संसदीय सुनुवाईका लागि संसद सचिवालयमा आयुक्तहरुको नाम सिफरिस भएपनि समितिको अस्तित्व नभएका कारण सुनुवाई नहुने बताए ।

प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त समिति भएपनि प्रतिनिधिसभा विघटन भएकाले बैठक बस्न नसक्ने उनको भनाइ छ । विभिन्न संवैधानिक आयोगहरुमा ४५ जनाको नाम सिफारिस भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्