ओलीलाई कारवाही गरिने, महरालाई स्थायी समितिमा ल्याइने



काठमाडौं । नेकपा अध्यक्ष केपी ओलीलाई अनुशासनको कारबाही गर्न स्थायी समिति बैठकले प्रस्ताव गरेको छ । आइतबार बालुवाटारमा ओली बिनै बसेको स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्न प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

देश, जनता र पार्टीको भविष्यलाई नै अन्धकारतिर धकेल्ने तथा संविधानलाई असफल पार्ने कुकृत गरी प्रधानमन्त्रीले गम्भीर विश्वासघात गरेको ठहर स्थायी समिति बैठकले गरेको छ ।

उनलाई अनुशासनको कारबाही गर्नेबारे छलफल गर्न पुस ७ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाइएको छ ।

त्यस्तै पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी समितिमा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्