ओली पक्षीय नेताहरुको बैठक बस्दै



काठमाडौं । संसद भंग गरेसँगै आजै नेकपाका अध्यक्ष केपी ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाएका छन् । ओलीले सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय नेताहरूको भेला बोलाएका हुन् । ओलीले आफूपक्षीय सांसदहरूको भेला बोलाएको ओली पक्षका एक नेताले जानकारी दिए ।

उनका अनुसार भेलामा ओलीपक्षीय विघटित प्रतिनिधि सभाका सांसद र केन्द्रीय नेताहरूको उपस्थिति हुनेछ । प्रतिनिधिसभा विघटनपछि बसेको नेकपा स्थायी कमिटी बैठकले पार्टीका अध्यक्ष ओलीलाई अनुशासनको कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

बैठकले ओलीमाथि अनुशासनको कारबाहीका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको थियो । त्यसका लागि केन्द्रीय समिति बैठक पुस ७ गतेका लागि बोलाइएको छ । कार्यकारी अध्यक्ष पुष्ककमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरु सम्मिलित बैठकले लिएको निर्णयबारे रणनीति बनाउन भेला बोलाइएको बुझिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्