दाहाललाई ओलीको प्रस्तावः जे भो–भो मिलेर चुनाव लडौं



काठमाडौं । सत्तारुढ (नेकपा)का अध्यक्ष केपी ओलीले संसद विघटनको सिफारिस गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई मिलेर चुनाव लड्ने प्रस्ताव राखेका छन् । संसदको विघटन गरेर मध्यावधि चुनाव घोषणाको सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले प्रचण्डलाई भेटेका थिए ।

बालुवाटारमा भएको भेटमा प्रचण्डले संसद विघटनको सिफारिस निरंकुश, घातक कदम भएको बताएका थिए । ‘यसले संसद विघटन मात्र होइन, प्रतिगमनतिर लैजान खोजेको त होइन भने आशंका उत्पन्न भएको छ’ प्रचण्डले भनेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले ‘जे भयो भयो, मिलेर चुनावमा जाऔं र जितेर आऔं’ भनेको प्रचण्डले स्थायी कमिटी बैठकमा सुनाए । त्यहीबेला राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको सूचना आएपछि प्रचण्ड उठेर हिँडेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्