दलित आयोगको सदस्यमा नियुक्त रम्तेलद्धारा पद अस्वीकार



काठमाडौं । संवैधानिक परिषदद्वारा राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस परशुराम रम्तेलले उक्त पद अस्वीकार गरेको घोषणा गरेका छन् ।

आइतबार उनले फेसबुकमार्फत संविधानको मर्म र भावना विपरीत संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरी दलित आयोगमा आफ्नो सहमतिविना सिफारिस गरिएको उल्लेख गरेका छन् ।

‘मेरो सहमतिविना मेरो नाम सिफारिस गरिएको छ, सहमति विपरीत नैतिक दृष्टिले पनि गलत तरिकाले गरिएको असंवैधानिक सिफारिसको र असंवैधानिक तरिकाले गरिएको संसद विघटनको ठाडै विरोध र अस्वीकार गर्दछु’ उनले भनेका छन् । गोरखाका रम्तेल पहिलो संविधानसभा सदस्य थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्