ओलीको कदमप्रति गौतमको आपत्ति



काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरि मध्याअवधि चुनावको घोषणा गरेकोप्रति विरोध जनाएका छन् । गौतमले ओलीको सो कदमलाई गैरसंवैधानिक भनेका छन् ।

ओलीको यो कदमले राजनीतिक अस्थिरता बढाई लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई समाप्त पार्ने गौतमको धारणा रहेको छ ।

पार्टीका दुईतिहाई बहुमतको सरकार हुँदाहुँदै संविधानको मर्ममाथी प्रहार गर्दै संसद भंग गर्नु गलत भएको गौतमको ठहर रहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्