पुस ५ कम्युनिस्ट इतिहासमा कालो दिन हो : प्रवक्ता श्रेष्ठ



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पुस ५ गते नेपाली कम्युनिस्ट आन्दोलनको कालो दिनको रूपमा लेखिने टिप्पणी गरे। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन्।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले कम्युनिस्टको स्पष्ट बहुमत रहेको संसद् कम्युनिस्ट नेतृत्वबाट विघटन हुन गएकोले उक्त दिनलाई इतिहासमा कम्युनिस्ट आन्दोलनकै कालो दिनको रूपमा लेखिने बताएका हुन्।

उनले लेखेका छन्, ‘पुस ५ कम्युनिस्ट आन्दोलनकै इतिहासमा कालो दिनका रूपमा लेखिनेछ।’ संसद् विघटन गरेपछि सरकारको चौतर्फी विरोध भइरहेको छ। संसद् विघटन गरेपछि त्यसको विरोधमा सात जना मन्त्रीहरूले सामूहिक राजीनामा समेत गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्