प्रादेशिक राजधानी दाङको चर्चा संगै लुम्विनी दाङ र अन्य पहाडी जिल्ला जोड्ने तयारी



सैघाली खबर
गुल्मी, २१ पुस । ५ नम्वर प्रदेशको राजधान दाङ्ग हुने चर्चा चलिरहेका वेला गुल्मीका जनप्रतिनिधीहरुले दाङ्ग, प्युठान, गुल्मी, स्याङ्गजा र पोखरा हुँदै काठमाण्डौं जोडने बैकल्पीक राजमार्ग खोल्ने तयारी थालेका छन् ।

गुल्मी क्षेत्र नम्वर २ प्रदेश १ का सांसद सुदर्शन बरालको अवधारणामा यस्तो वैकल्पीक राजमार्ग खोल्ने तयारी सुरु भएको जनाईको छ । सांसद वरालको नेतृत्वमा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल , माओवादी केन्द्र गुल्मीका सह संयोजक निमबहादुर पाण्डे सहितको टोली स्थलगत अध्यानका लागि यति वेला धुकोैट पुर्कोट हुँदै प्युठान पुगेका छन् ।

अध्यानका क्रममा उनिहरुले धुर्कोट , पुर्कोट र प्युठानको झिम्रुक गाउँपालिकाका जनप्रतिनिधीहरु संग उक्त राजमार्गको महत्व र औचित्य वारे अन्तरकृया गरी रहेका छन् । सांसद वरालले अन्तरकृयाका क्रममा सवै जनप्रतिनिधीहरुबाट उत्साह जनक प्रतिकृया दिएको बताए । उक्त राजमार्ग सर्वे डिजाईनिङ्गका लागि पुर्व अर्थमन्त्री कृष्णबहादुर महराको पालामा करिव १ करोड रकम परी सकेको र बाँकी सर्वे पश्चात आवश्यक रकम विनियोजनको पहल थालिने सांसद वरालले जानकारी दिए ।

रोल्पाका प्रतिनिधी सभा सदस्य तथा अर्का पुर्व अर्थमन्त्री वर्षामान पुन र प्युठानका प्रदेश सभा सांंसद कृष्णध्वज खड्का पनि यस योजनाका लागि सकारात्मक भएको वरालको भनाई छ । स्याङ्गजाको वालिङ्ग हुँदै गुल्मीको शान्तिपुर ईन्द्रगौडा रातडाँडा पुर्कोट प्युठान हुँदै दाङ्ग जोडदा तराई तर्फको व्यस्त राजमार्गको सास्तीबाट सुदुर पश्चिमका जनतालाई सुविधा हुने , अर्घाखाँचीको वल्लो भेग , गुल्मीका जनतालाई पोखरा काठमाण्डौ पुग्न छोटो दुरी र सहज यात्रा हुने वरालको ठम्याई रहेको साझा विचार डट कममा खबर छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्