राष्ट्रियसभा निर्वाचन माघ २४ गते



सैघाली खबर
काठमाडौं,२२ पुस

राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति तोकेको हो । आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । यद्यपि एमाले र माओवादीको वाम गठबन्धनले त्यसअघि नै चुनाव गर्नु पर्ने माग गर्दै आएका थिए ।

५९ सदस्यीय राष्ट्रियसभाका ५६ जना ९ प्रत्येक प्रदेशबाट ८ र ८ जना  प्रदेशहरुबाट चुनिनेछन् । तीन जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुनेछन् । यद्यपि मतभार भने फरक फरक हुनेछ ।

निर्वाचन आयोगले प्रत्येक प्रदेशमा मतदान गराउने तयारी गरेको छ । निर्वाचन एकल संक्रमणीय र बहुमतीय दुबै प्रक्रियाबाट हुनेछन् । खुला सदस्य र महिला गरी ४२ जना एकल संक्रमणीयबाट चुनिनेछन् भने दलित र अपाङ्ग तथा अल्पसंख्यक १४ जना बहुमतीयबाट चयन हुनेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्