केपीले दाहाल समूहले आफूलाई कार्वाही गर्ने कुनै अधिकार नभएको जिकीर



काठमाडौ: प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकटका सांसदहरुको भेलामा प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष, संसदीय दलको नेता सबै आफू भएकाले कसैले कार्वाही गर्न नसक्ने दाबी गर्नुभएको हो । उहाँले पार्टी एकताका समयमा चित्त नदुखाउन् भनेर दोस्रो अध्यक्ष राखिदिएकाले दाहालको नेतृत्वमा हुने भेलाले आफूलाई कार्वाही गर्नै नसक्ने जिकीर गर्नुभयो ।

उहाँले ताजा जनादेशमा जाने आफ्नो रहर नभएको पनि पार्टीभित्र घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिएपछि बाध्य भएर नयाँ जनादेशको निर्णय लिएको बताउनुभयो । दाहालको चर्को आलोचना गर्नुभएका ओलीले आफूले गरेको संसद विघटन अदालतले पनि उल्ट्याउन नसक्ने दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीको तर्क थियो, ‘संसदको जनादेश भएको प्रधानमन्त्रीले संसद विघटन सिफारिश गरेको हो । ६४ प्रतिशत मतको प्रतिनिधत्व गर्ने प्रधानमन्त्रीले संसद विघटन सिफारिश गरेको हो । अदालतले उल्ट्याउन सक्दैन । ’

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन्।उनले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्