अदालतले संसद पुनःस्थापना गर्छः निवर्तमान मन्त्री भट्टराई



नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विघटन भएको संसद अदालतबाट पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् । मन्त्रालयमा आयोजित औपचारिक बिदाइ कार्यक्रममा उनले संवैधानिक अंगहरु स्वतन्त्र रहेको अवस्थामा संसद पुनस्स्थापना हुने विश्वास व्यक्त गरे ।

लोकतान्त्रिक प्रक्रियामा आघात पुगेका कारण आफूसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको उल्लेख गर्दै उनले भने, ‘‘यसलाई ट्रयाकमा ल्याउन मलाई विश्वास छ । यदि यो देशका संवैधानिक अंगहरु स्वतन्त्र छन् विवेक पुर्याउँछन् ।

त्यहाँका मान्छेहरु ठीक छन् भने । शतप्रतिशतभन्दा पनि बढी विश्वासका साथ भन्छु संसद पुनस्स्थापना हुन्छ । मुलुकप्रति संविधानप्रति जवाफदेही छन् भने शतप्रतिशत संसद पुनस्स्थापना हुन्छ । हुनुपर्छ । त्यो नै हाम्रो लोकतन्त्रको विजय हुन्छ ।

संविधानको रक्षा हुन्छ ।’’ प्रधानमन्त्री केपी ओलीले संसद विघटनको प्रस्ताव गर्दा आफूहरुले रोक्ने धेरै प्रयास गरे पनि सम्भव नभएको भट्टराईले बताए । प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक रहेको उल्लेख गर्दै उनले भने, ‘‘संविधान पल्टाएर हेर्दा संवैधानिक नै छैन । कानुन र संविधानको हिसाबले मेल खाँदैन ।

राजनीतिक हिसाबले राजनीतकि मूल्यलाई बोकेको छैन । जुनसुकै कारणले भए पनि यो अलोकतान्त्रिक नै हो । अन्य बाटोहरु पनि थिए । असंवैधानिक काम गर्न नपर्ने थियो गर्नुभयो । दुःखी छौँ ।’’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्