टेकबहादुर पुन
दाङ । देउखुरी सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष लिला शाहले सामुदायिक सेवा केन्द्रले समुदायमा हुने बिबिधखाले बिकृति बिसंगति न्युनिकरणको लागी जागरणका कामहरु गर्न आबश्यक रहेको बताएकि छिन् ।
स्थानिय तहमा हुने बिबाद समाधानको लागी सहयोगिको काम गर्दै आएको केन्द्रले अहिले स्थानिय तहका बिबाद निरुपणमा न्यायिक समिति रहेको बर्तमान अबस्थामा आफ्नो भुमिकालाई फरक तरिकाले प्रस्तुत गर्नुपर्ने बिचार ब्यक्त गरिन् । देउखुरी सामुदायिक सेवा केन्द्रले मंगलबार लमहीमा आयोजना गरेको स्वागत तथा बिदाई कार्यक्रमको अबसरमा यस्तो बताएकि हुज् ।
सामुदायिक सेवा केन्द्रमा नयाँ आएकि प्रहरी जवान सुजाता भन्डारीको स्वागत र केन्द्रमा रहेर जिम्मेवारी बहन गरिसकेकि प्रहरी जवान बिमला आचार्यको बिदाई गरिएको हो ।
संस्थाका अध्यक्ष किरण बिक्रम शाहको अध्यक्षता तथा संस्थाका कोषाध्यक्ष दिपा खेत्रिको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संस्थाका निर्बतमान अध्यक्ष योगमाया शाही, वडा प्रहरी कार्यालय लमहीका सहायक प्रहरी निरिक्षक शिब कुमार चौधरी, भरत सुनार लगाएतले सामुदायिक सेवा केन्द्रले स्थानिय सरोकारवाला निकायसंग समाजमा बिकृति नियन्तरणका लागी हातेमोलो गर्दे काम गर्नुपर्ने बताए । सो अबसरमा देउखुरी सामुदायिक सेवा केन्द्रबाट बिदाई भई रोल्पा सरुवा भएकी प्रहरी जवान बिमला आचार्यलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको संचालन सिता चौधरीले गरेकि थिईन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।