‘प्रधानमन्त्रीको कदम अधिनायकवाद र निरंकुश आकांक्षाबाट प्रेरित



७पुस काठमाण्डाैं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा संसद भंग गरेको प्रसंग निकाल्दै देउवाले उक्त कदम असंवैधानिक भएकोसमेत बताएका छन्।

मंगलबार दिउँसो सानेपामा केन्द्रीय समिति बैठक सुरू गर्दै देउवाले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरूद्ध प्रतिरोध गर्नु पर्ने धारणा राखेका छन्।

,’ देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी जिम्मेवार भएर अगाडि बढ्छौं। अभिभावकीय भूमिका खेल्नुपर्छ।’

देउवापछि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले कुनै पनि बाहनामा ओलीको कदमलाई स्वीकार गर्न नहुने बताएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्