सैघाली खबर,
दाङ २२ पुस।
तुलसीपुर उपमहानगरपालिका १५ र १६ जोड्ने सडक निर्माणको अनुगमण गरिएको छ । शुक्रबार तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य अमर नेपाली ( माईकल) , देबराज बिक र शुशीला बुढाथोकीले उक्त सडकको अनुगमण गरेका हुन् ।
तुलसीपुर १६ को जोगिडाँडा – कुरुरे – जबरी टोल हुँदै पत्तौली जोडन सडकको अनुगमण गरिएको कार्यपालिका सदस्य माईकलले जानकारी दिए । तीन लाख बराबरको लगानीमा उक्त सडकमा ग्राबेल गरिएको हो । ग्राबेल भएसंगै त्यहाँका बासिन्दालाई बर्षादको समयमा पनि आवत जावत गर्न सहज भएको बताएका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।