घोडाघोडि एकमा रिङ्गरोडको शिलान्यास



कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर एकमा रिङ्गरोड शिलान्यास गरिएको छ । मङ्गलवार एक कार्यक्रमका बिच नगर प्रमुख ममता प्रसाद चौधरीले रिङ्गरोड शिलान्यास गरेका हुन् । वडा नम्बर एकको ज्वाला नगर जाने बाटोमा रिङ्गरोडको शिलान्यास गरिएको हुन ।

पहिलो चरणमा ३ किलोमिटर ५६ दशम्लब मिटरको सडक कालो पत्रे हुने बताइएको छ । रेखा जे.बी. निमार्ण सेवा लम्केली करिब १ करोड ५८ लाख ६० हजार ९ सय ५८ रुपैयाँमा ठेक्का लिएको छ । काम सुरु भएको एक वर्ष भित्रमा ३ किलोमिटर ५६ दशम्लब मिटरको सडक कालो पत्रे भई सक्ने सम्झौतामा उल्लेख गरिएको छ ।

क्रमगत रूपमा योजना सम्पन्न गर्ने घोडाघोडी नगरपालिकाले जनाएको छ । सुखडको भइखाली चौकबाट पिपलडाडा, पूर्वी पेट्रोल पम्प हुँदै बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वाला नगर हुँदै भइखाली चौक सम्म करिब १७ किलोमिटर रिङ्गरोड निर्माण हुने बताइएको छ ।

स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा उक्त रिङ्गरोड निर्माण हुने बताइएको छ । वडा अध्यक्ष मनराज शाहीको विशेष पहलमा राष्ट्रिय योजना आयोगबाट रिङ्गरोडको आयोजना स्वीकृत भएको बुझिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्