२० वर्ष चलेका सवारी साधन ‘फेज आउट’ हुँदै



सवारी साधनमा लगाइएको २० वर्षे उमेरहदका कारण साढे ७ हजार ५ सय भन्दा बढी सवारीसाधन चल्न नपाउने अवस्थामा पुगेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदूर संगठनहरुले मंसिर मसान्तसम्म मात्रै यो संख्याका सार्वजनिक सवारी साधन चल्न नपाउने अवस्थामा पुगेको अनुमान गरेको हो ।

महासंघ र मजदूर संगठनको अध्ययनले अघिल्लो असार मसान्तसम्म ६ हजार ५ सय ९ वटा सवारी साधनले २० वर्षे हदम्याद पूरा गरेर थन्किएको देखाएको थियो । ६ महिनाको यो अवधिमा उक्त संख्या थपिएर ७ हजार ५ सय भन्दा माथि पुगको अनुमान गरिएको नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।

यसरी ‘फेज आउट’ हुँदै जाने सवारी साधनको संख्या दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ । यो संख्या सार्वजनिक सवारीसाधनको मात्रै हो । व्यक्तिगत सवारी साधन समेत जोड्दा यस्तो संख्या २० औँ हजार नाघ्ने देखिएको छ । सरकारले २०७४ चैत १ गतेदेखि लागु हुनेगरी २० वर्ष पूराना सवारी साधनलाई विस्थापन गर्ने नीति लिएको थियो ।

तर यो नीतिका कारण स्वरोजगार यातायात मजदूरहरुको स्वरोजगारी खोसिने र राम्रा ब्राण्डका गाडीहरुको आयातमा समेत निरुत्साहन हुने भन्दै यसको विरुद्ध यातायात व्यवसायी र मजदूरहरुले विरोध गर्दै आएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्