मिल्नेलाई फुटाउने कोसिस नगरौं,-दाहाल



सैघाली खबर,
चितवन २२ पुस। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्वका लागि सबै शक्तिसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका छन् ।
भरतपुर महानगरपालिकाको पहिलो नगरसभा उद्घाटन गर्दै दाहालले भने, ‘हामी राष्ट्रिय एकतासहित साथ राजनीतिक स्थायित्व र समृद्धि कायम गरी नेपाललाई नयाँ युगतिर लैजान प्रतिबद्ध छौं । हामी सबै राजनीतिक शक्तिसँग सहकार्य गरेर अगाडि जान प्रतिबद्ध छौं । वाम गठबन्धन निषेधको राजनीति होइन एकताको राजनीतितिर लाग्छ ।’

दाहालले मिल्न सक्नेजति राजनीतिक दल मिलेमा नै देशको भलो हुने पनि बताए । उनले भने, ‘हामी कसैले पनि मिल्नेलाई फुटाउने कोसिस नगरौं, मिल्नेजतिलाई मिल्नै दिऊँ ।’
दाहालले युद्धबाट शान्तिप्रक्रियामा आउँदा आफ्नो एकखालको इमेज बनेको, शान्ति सम्झौतापछि अर्कै इमेज बनेको र ०६४ सालमा पहिलो पार्टी बनेपछि झनै फरक इमेज बनेको बताए ।

उनले भने, ‘सबैभन्दा ठूलो पार्टी बनेपछि अलि अर्कै इमेज बन्यो । कता–कता धरती छाडेझैं नै भयो । सबै हन्डर–ठक्कर खाएपछि अहिले अलि अर्कै इमेज बनेको छ ।
त्यसैले अहिले पनि आफू मिलाउनेतर्फ नै लागेको र सफल भइछाड्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्