वैधानिकता दावी गर्दै निर्वाचन आयोग पुग्यो नेकपाको प्रचण्ड–नेपाल



काठमाडौं । नेकपाको (प्रचण्ड–नेपाल) पक्ष निर्वाचन आयोग पुगेको छ । मंगलबार बसेको केन्द्रीय समितिले गरेको निर्णय जानकारी गराउन आधिकारिक कागजपत्रसहित सो पक्ष आयोगको केन्द्रीय कार्यालय पुगेको हो ।
नेकपामा ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले मंगलबारबाट छुुट्टाछुट्टै बैठक बसेर आफूलाई आधिकारिक दावी गर्दै आएका छन् । मंगलबार थापाथलीमा बसेको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकको निर्णयसहित निर्वाचन आयोगमा गएको नेता लिलामणि पोखरेलले बताए ।

उनले रातोपाटीलाई भने, ‘आवश्यक सबै कागजपत्र र प्रमाण लिएर आयोग पुगेका छौँ । दर्ताको प्रक्रिया चलिरहेको छ,’ पोखरेलले रातोपाटीलाई बताए ।
यसअघि सो पक्षले अध्यक्ष केपी ओलीमाथि अनुशासनको कारबाही गर्ने निर्णय भएको पत्र आयोगमा बुझाएको थियो ।

उता, केपी ओली पक्षले मंगलबारै केन्द्रीय कमिटी पुनर्गठन र विधान संशोधनको निर्णय गर्दै आयोगमा काजगपत्र पेश गरेको जनाएको छ ।
दुवै तर्फबाट आफै वैधानिक दावी गरेपछि आयोगले यो विषयको छिनोफानो गर्नेछ । तर, सत्ताको आडमा ओली पक्षले आयोगलाई प्रभावमा पार्नसक्ने प्रचण्ड नेपाल पक्षको आशंका छ ।

यद्यपी प्रचण्ड–नेपाल पक्षसँग नेकपा गठन हुदाँको बहुमत केन्द्रीय सदस्य रहेकाले नेकपाको आधिकारिकता पनि आफूहरुले नै पाउने सो समुहका नेताहरुको दावी छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्