संसद विघटन गरेर मुलुकमा अस्थिरता निम्ताएको आरोप



कपिलवस्तु । ८ पुस
जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वमन्त्री दानबहादुर चौधरीले केपी ओली सरकारले संसद विघटन गरेर मुलुकमा अस्थिरता निम्ताएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमलाई असंवैधानिक एवं लोकतन्त्र विरोधी रहेको बताउनु भएको छ । उहाँले प्रधानमन्त्री ओलीको कदम राजनीतिक रूपमा पनि लोकतन्त्र विरोधी र निन्दनीय भएको बताउनु भएको छ ।

‘राजनीतिक रूपमा पनि उहाँले अत्यन्तै लोकतन्त्र विरोधी कदम चाल्नुभएको ठहरिन्छ’, उहाँले भन्नुभयो, ‘पार्टीभित्र पनि पार्टी निर्णय र पद्धतिविरुद्ध कम्युनिस्ट पार्टीको मान्यताको विरुद्धमा उहाँ सर्वसत्तावादी ढंगले चल्नुभएको छ, उहाँको कदम अत्यन्तै निन्दनीय छ ।’ ओलीको कदम राजनीतिक परिवर्तनलाई पछाडि धकेल्ने निर्णय भएको बताउनु भएको छ । जसपाले आज निकालेको विरोध प्रदर्शनलाई प्रशासन कार्यालय अगाडी सम्वोधन गर्दै पूर्वमन्त्री चौधरीले अलोकतान्त्रिक, असंबैधानिक र गैरराजनीति उक्त निर्णय विरुद्ध सडक आन्दोलन चर्काइने चेतावनी दिनु भएको छ ।

जनता समाजवादी पार्टी कपिलवस्तुले जिल्लाको सदरमुकाम तौलिहवामा विशाल र्याली सहित संसद विघाटनको विरुद्धमा प्रदार्शन गरेको छ । केपी शार्मा आलीले संसाद विघाटन गरेको विरुद्धमा र्याली सहित विरोध प्रर्दाशन गरिएको जनता समाजवादी पार्टीले बताएको छ । केन्द्रिय परिपत्र अनुसार हामी नेपालका ७७ वाटै जिल्लामा आज विरोध र्याली प्रर्दाशन गरेको जिल्ला अध्यक्ष शैलेन्द्र यादवले बताएका छन । तौलिहवाको जमुवार टोल देखि निस्केको र्यालीमा केपीओली मुर्दाबाद, विद्या भण्डारी मुर्दावाद लगायतको नारा लगाएका थिए । जिल्ला प्रशासन कार्यलय अगाडी गएर कोण सभामा परिणत भएको थियो । विरोध र्यालीको कोण सभामा बोल्दै महिला नेतृ गिता श्रीवास्तवले अहिलेको सरकारनै नगरिकता लगायत महिलाहरुलाई उत्पिडनमा पारेको बताएका छिन । उनले भनिन केपी ओली र विद्या भण्डारीले देशलाई नै डुबाउना खाजेको अरोप समेत लगाईन ।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपाको केन्द्रिय सदस्य राविदत्त मिश्राले केपी ओली र विद्यादेवी भण्डारी अलोकतान्त्रिक काम गरेको बताउनु भएको छ । जुन कुराको संविधानमा व्यावस्था नै छैन त्यस्तो कार्य दण्डानिय भएको छ । आजको हाम्रो विरोध समन्य विरोध मत्रै हो । यदि सच्एिन भने यो भन्दा ठुलो अन्दोलनको अधिँवेरी ल्याउने मिश्राले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य नारायाण प्रसाद खनालले संबिधान विघटन गर्ने प्रधानमन्त्रीलाई कुनै अधिकार नभएको भन्दै उहाँले आक्रोस पोख्नुभयो । संबिधानले स्पष्ट दुई तिहाइको सरकारले संबिधान विघटन गर्न नपाउने उल्लेख गरेकाले प्रधानमन्त्रीले संबिधान विरोधी हर्कत गरेको आरोप लगाउनु भएको छ । उहाँले असंबैधानिक र अलोकतान्त्रिक कदमलाई न्यायलयले खारेज गर्नुपर्ने बताउनु भएको छ । हजारौँ जनताको रगतको बलिदानी, जेलजिवन र विभिन्न संघंर्षबाट प्राप्त संघिय लोकतान्त्रिक संघिय संसदको केपी ओली र विद्याले जुन संघीय संसदको हत्या गरेका छन । त्यसको खारेजी भएन भने आझै ठुलो संर्घष गर्ने बताउनु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका संसदीय दलका नेता सहसराम यादवले जनआन्दोलन र मधेश आन्दोलनसँगै गरेको स्मरण गर्दै उहाँले प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि आन्दोलनबाटै फालिने चेतावनी दिनु भएको छ । उहाँले संघीयता र गणतन्त्र विरोधी विरुद्ध अव चुप लागेर नबस्ने बताउनु भएको छ । संबिधानमाथि प्रहार गर्ने यो खेलविरुद्ध एक भएर आन्दोलन गरिने चेतावनी दिनु भएको छ । संघीयता र गणतन्त्रलाई धरासायी पार्ने काम कसैबाट हुन नहुने भन्दै त्यसो गरिए फेरी सशक्त आन्दोलन गरिने यादवले बताउनु भएको छ ।

जनता समाजवादी पार्टीको केन्द्रिय परिपत्र अनुसार पौष १० गते देशभरिका सबै जिल्लाका सदरमुकामहरू मा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन ।, पौष ११ गते सबै जिल्लाका सदरमुकामहरूमा मसाला जुलूस । तथा १२ गते सबै जिल्ला सहित काठमाण्डौँ उपत्यकामा विशाल जनप्रर्दाशन गरिने कार्यक्रम रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्