काठमाडौं । वैद्य माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले ओली सरकार मात्रै होइन संसदीय व्यवस्था नै असफल भएकोले अब जनवादी गणतन्त्र स्थापना गर्नका लागि संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।
आज काठमाडौंको शान्तिवाटीकामा सो पार्टीद्धारा आयोजित विरोध सभामा बोल्दै गजुरेलले यस्तो धारणा राखेका हुन् । उनले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदम उनकै लागि घातक भएको दावी गरे । उनले उनीहरु आफैले जारी गरेको संविधान नै असफल हुनेगरि ओलीले चालेको कदमबाट दुनियाँ चकित परेको बताए ।
ओलीलाई हटाएर प्रचण्ड वा माधव नेपाल जसलाई ल्याएपनि कुरा उही भएको भन्दै उनले संसद पुनःथापना गरेर समस्याको हल नहुने दावी गरे ।
कार्यत्रलममा सो पार्टीका पोलिटब्यूरो सदस्य दिनेश शर्माले जनतालाई अधिकार बिहीन बनाएर बनाइएको संविधान सभाका आधारमा संविधान भंग गरिएको भन्दै उनले ओली भन्दा प्रचण्ड वा माधव राम्रो हुने भन्ने कुरा गलत भएको उनको विचार थियो ।
यो व्यवस्था नै खारेज गर्नुपर्ने उनको तर्क थियो । एक प्रसंगमा उनले ओलीले देखाउनका लागि चुच्चे नक्सा जारी गरेको बताए । भारतको गोटी बनेर ओलीले गलत कदम चालेको उनको भनाइ रहेको थियो । अबको ४ महिनामा कुनैपनि हालतमा चुनाव गर्न नसक्ने उनको दावी रहेका छ ।
अर्का वक्ता तथा जनजाति नेता डा.ओम गुरुङले आफ्नै पार्टीभित्रको झगडाका कारण ओलीले संसद भंग गरेको उनको रअेको छ । यही मौका पारेर प्रतिगामीहरु हिन्दू राज्य चाहियो भन्दै सडकमा आएको उनको भनाइ रहेको छ । संसद भंग भन्दा देश सिक्किमीकरणतिर जाने होकी भन्ने चिन्ता रहेको उनको भनाइ रहेको छ ।
कार्यक्रममा अर्का वक्ता पवनमान श्रेष्ठले ओलीले विदेशीको इसारामा संसद भंग गरेको भन्दै यो कदम पश्चगामी भएको दावी गरे । संसदीय व्यवस्था असफल भएकाले अब जनगणतन्त्रका लागि संघर्षमा जुट्नु पर्ने उनको धारणा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।