(नेकपा) विभाजन भएसँगै चारवटा प्रदेशका मुख्यमन्त्रीको पद धरापमा परेको छ ।
अहिलेका सात प्रदेशमध्ये ६ वटा प्रदेशमा नेकपाको नेतृत्वमा सरकार छ । प्रदेश २ बाहेकका अन्य प्रदेशमा नेकपा नेतृत्वको सरकार भएपनि नेकपा विभाजनको असर प्रदेशमा पनि देएिको छ ।
पार्टी निर्णय र अनुशासन उल्लंघन गरेको भन्दै अध्यक्ष ओलीलाई पार्टी अध्यक्षबाट हटाएको दाहाल नेपाल पक्षले पार्टी निर्णय नमान्ने जो कोहीलाई पनि हटाउने भनेको छ ।
सोही अनुसार १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, ३ नम्बर प्रदेशका डोरमणि पौडेल, गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङ र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पद धरापमा परेको छ । ओली र दाहाल पक्षले आफ्ना पक्षका पार्टीका बैठकहरु गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले संसद भंग गरिदिएपछि उनीहरुमा हिजैदेखिको विवाद सतहमा आएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।