‘नेपालले लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय लिने आन्तरिक मामिला’ हो : भारत



काठमाडौं। नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमलाई आफूले नोट गरेको भारतले जनाएको छ। यद्यपि अहिलेको घटना नेपालको आन्तरिक मामिला भएको पनि उसले भनेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि सभा विघटन गरेको चार दिनपछि भारतले यसलाई ‘नेपालले लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय लिने आन्तरिक मामिला’ भनेको हो।

विहीवार दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रबक्ता अनुराग श्रीवास्तबले भनेका छन्, ‘हामीले नेपालमा पछिल्लो राजनीतिक विकासक्रमलाई नोट गरेका छौं। यी भनेका नेपालले लोकतान्त्रिक प्रक्रिया अनुसार निर्णय लिने आन्तरिक मामिला हुन्।’

भारत नेपाललाई शान्ति, समृद्धि र विकासको मार्गमा अघि बढ्न सघाउन तयार रहेको उनको भनाइ छ। नेपालको प्रतिनिधिसभा विघटनप्रति औपचारिक प्रतिक्रिया जनाउने भारत पहिलो देश हो। अन्य देशले अहिलेसम्म यसबारे कुनै औपचारिक प्रतिक्रिया जनाइसकेका छैनन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्