काठमाडौं। इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने भएको छ। कोरोना भाइरसको महामारी थप फैलिन नदिनका लागि तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने भएको हो।
बिहीबार इजरालयको प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयले एक संयुक्त वक्तव्यमा आगामी आइतबारदेखि दुई हप्ताका लागि लकडाउन गर्ने निर्णय गरिएको जनाएको हो। संक्रमणको अवस्थालाई मध्यनजर गर्दे आवश्यकता अनुसार लकडाउनको समय लम्ब्याउन सकिने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ।
हाल इजरायलमा दैनिक चार हजारभन्दा बढी नयाँ संक्रमित थपिने गरेका छन्। दैनिक संक्रमितको संख्या एक हजारभन्दा तल नझर्दासम्म लकडाउन नहटाउने बताइएको छ।
सार्वजनिक सवारी साधनहरूमा आधा मात्रै यात्रु राख्न पाइने व्यवस्था गर्न लागिएको अधिकारीहरुले जनाएका छन्। लकडाउनका बेलामा प्राथमिक कक्षा, कक्षा १ देखि ४ सम्म र कक्षा ११ र १२ का पढाई मात्रै संचालन गर्न दिइने भएको छ।
लकडाउन अन्तर्गत घरदेखि एक हजार मिटरभन्दा बढी टाढा जान नपाइने व्यवस्था गरिएको छ। एक ठाउँबाट अर्को ठाउँमा गएर बस्न पनि प्रतिबन्ध लगाइने भएको छ। सबै व्यवसायीक तथा व्यापारिक कार्यालयहरू बन्द गरिने भएपनि अत्यावश्यक सेवाका कार्यालय भने संचालन हुनेछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।