काठमाडौं । जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय महासचिव पूर्ण श्रेष्ठ पक्राउ परेका छन् । सो मञ्च विप्लव नेकपा निकट मोर्चा हो । कामको सिलसिलामा बलाजु पुगेका श्रेष्ठलाई सादा पोसाकका प्रहरीले गिरफ्तार गरेको उनको पारिवारिक स्रोतले जनाएको छ ।
पक्राउ परेका महासचिव श्रेष्ठलाई अहिलेसम्म कहाँ राखेको छ ? भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन । उनलाई सादा पोसाकका आएका प्रहरीले सेतो भ्यानमा राखेर लगेको बताइएको छ ।
प्रहरीले मानव अधिकारको समेत ख्याल नगरी श्रेष्ठलाई बेपत्ता बनाएको र श्रेष्ठको अवस्थाको जानकारी गराउन जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगरले आग्रह गरेका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।