पुष १३ गतेको विरोध प्रदर्शनमा सहभागी हुन परिपत्र



काठमाडौं । संसद बिघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको ठहर गर्दै यही पुष १३ गते नेपाली कांग्रेसले आयोजना गरेको बिरोध प्रर्दशनलाई सफल बनाउन नेपाल तरुण दलले ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेको छ ।

नेपाल तरण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले आज एक निर्देशन जारी गर्दै केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा नेपाली कांग्रेसले पुष १३ गते सोमबार १६५ संघीय निर्वाचन क्षेत्रमा क्षेत्रीय कार्यसमितिको आयोजनामा एकसाथ विरोध प्रदर्शन आयोजना गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्