मोटरसाईकल चोरहरु समातिए



१० पुस काठमाण्डाैं
कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेत बाङेसिमल-०१ मा हिजो राती १२ बजे ४ जना चोरहरु मोटरसाईकल चोरी गरिरहेको अवस्थामा समातिएका छन ।

४ जना मध्य ३ जनालाई स्थानिया गाउले समातेको र १ जना भाग्न सफल भएको जानकारी प्राप्त भएको छ ।
केहि महिना अगाडी लकडाउनको समयमा सोही घरबाट मोटर साईकल चोरी गरी दैलेख नजिकै भिरबाट तल फालिएको अवस्थामा फेला परेको थियो ।
सुर्खेत बाट सहकर्मी प्रकाशले थाहा खबर लाइ बताएका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्