शेरधन राईविरूद्ध अविश्वास प्रस्तावको तयारी, प्रदेश सभा पनि भंग हुने खतरा



बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरूद्ध अविश्वासको प्रस्ताव ल्याएको प्रचण्ड-नेपाल समूहले प्रदेश–१ मा पनि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ । मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको प्रचण्ड-नेपाल समूहका एक प्रदेश सांसदले बताए ।

‘हामीले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छौं । त्यो बेलासम्म प्रदेश सभा रहन्छ की रहँदैन भन्ने मात्रै हो । किनकी बागमतीको घटनाले आत्तिएर प्रधानमन्त्रीले प्रदेश सरकार र प्रदेश सभा भंग गर्ने खतरा छ, ती सांसदले भने,‘हाम्रा साथीहरू अहिले बाहिर–बाहिर हुनुहुन्छ । साथीहरू भेला हुनसाथ अविश्वासको प्रस्ताव गइहाल्छ ।’

प्रदेश सभाकै बहुमत आफूहरूसँग रहेको प्रचण्ड–नेपाल समूहका एक केन्द्रीय सदस्यले दाबी गरे । प्रदेश सभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन् । जसमध्ये पूर्वएमालेका ५२ र पूर्वमाओवादीका १६ जना छन् । २०७४ मा प्रदेश सभामा नेकपा एमाले संसदीय दलको निर्वाचन हुँदा अहिलेका मुख्यमन्त्री शेरधन राई विजयी भएका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्