मन्त्री नियुक्त भएको २४ घण्टा नबित्दै पुत्ला दहन, निर्वाचन क्षेत्रमा बहिस्कार



११ पुस काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीको उनकै निर्वाचन क्षेत्रमा पुत्ला दहन गरिएको छ। शनिबार मन्त्री नियुक्त भएको २४ घण्टा नबित्दै नेकपा प्रचण्ड नेपाल समूहले पुत्ला दहन गरिएको हो।

निर्वाचन क्षेत्रमा आएर प्रधानमन्त्रीको विरोध गरेर र काठमाडौंमा गएर मन्त्री भएको भन्दै उनलाई निर्वाचन क्षेत्रमा बहिस्कार गर्नेसम्मको तयारी भइरहेको बताए।

लामो समय प्रचण्ड-नेपालको समूहमा रहेका चौधरी उक्त समूहबाट एकाएक ओली समूहमा गएर मन्त्री बनेका हुन्।शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विस्तारित मन्त्रिपरिषदबाट उनले श्रम मन्त्रीको जिम्मेवारी पाएका थिए

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्