सहकारी विकास नै समृद्धिको आधार ः नेपाली



सैघाली खबर
दाङ २२ पुस ।

२२ पुस । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले समृद्धिको आधार सहकारी विकास रहेको बताउनुभएको छ । जिल्ला सहकारी संघको २५ औं साधारणसभामा बोल्दै नेपालीले यस्तो बताउनुभएको हो । संघका अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षता एवं जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यता तथा लमही नगरपालिका प्रमुख कुल बहादुर जिसीको विशिष्ट आतिथ्यता सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपालीले सहकारीले थोरै– थोरैको बचतले ठूलो–ठूलो लगानी गर्न र गराउन सक्ने वातावरण सहकारीले गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘आर्थिक समावेशीता , दिगो विकास र आर्थिक संरक्षणका लागि सहकारी विकास अति नै आवश्यक छ । ’सहकारीहरु हरेक व्यक्तिको लगानीमा स्थापना गरिए पनि उक्त लगानी राष्ट्रहितमै खर्च भएको हुन्छ । सहकारी विकासको अबधारणाले मुलुक समृद्धि बन्दै गईरहे पनि सहकारीहरु नीतिगत रुपमा अझै व्यवस्थीत बन्न नसकेको पनि उहाँले बताउनुभयो । सहकारी नीति अभाव र स्थानिय तहहरु विचको समन्वय अभावका सहकारी अन्यौलता परेको बताउनुभयो ।

त्यस्तै लमही नगरपालिका प्रमुख कुल बहादुर जिसीले विपन्न समुदाय र व्यक्ति आर्थिक पहुँचमा पु¥याउने काम सहकारीले गर्दै आईरहेको बताउनुभयो । सरकारीले नागरिकको आर्थिक स्तरको रुपान्तरण संगै मुलुकको वित्तिय नीति र विकामा समेत टेवा पु¥याएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ गाउँ फेर्न र बदल्न सहकारीको गहिरो सम्वन्ध छ । ’ जसका कारण गाउँका कृषक र कृषि फरिदै छन । हरेक व्यक्तिमा बचतको भावनाको विकास हुदै गइरहेको छ ।
उक्त कार्यक्रममा बंगलाचुली गाउँपालिका प्रमुख भक्त बहादुर डाँगीले सहकारी विकास सुगममा मात्रै होइन दुर्गममा पनि फैलाउदै लग्नु पर्ने , पहाडी क्षेत्रका नागरिकहरुममा पनि बचत चेतना समृद्धिको स्तरलाई उव्जाउनुपर्ने बताउनुभयो । यस्ता खालका कार्यक्रममा स्थानीय तहमा मार्फत वाटै पनि नीतिगत रुपमा लैजानुपर्ने उहाँले जोडदिनुभयो ।

उक्त कार्यक्रममा नागरिक समाज दाङका नारायाण् श्रेष्ठ,सहकारी डिभिजन दाङका प्रमुख विनोद कुमार पौडेल, जिल्ला कृर्षि सहकारी संघका अध्यक्ष पदमा आचार्य, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष अन्ज कुमार पौडेल, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य टंक प्रसाद पोख्रेल लगाएतका मन्तव्य व्यक्त गर्नुभएको थियो । संघका उपाध्यक्ष शेशुराम भण्डारीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रम कोषाध्यक्ष किरण भण्डारीले आर्थिक र हेमराज शर्माले लेखा प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो । भने कार्यक्रमको सहजीकरण सदस्य मिनराज घिमिरेले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्