सैघाली खबर
दाङ,२२ पुस । लोकतान्त्रिक थारु संघ दाङले यस वर्षको माघी पर्व लाई विशेष कार्यक्रमको आयोजना माघी मिलन कार्यक्रमको गर्ने भएको छ ।
शनिवार नेकपा एमाले पार्टी कार्यालय दाङमा संघका जेष्ठ सदस्य साधुराम चौधरीको अध्यक्षता एंव नेपाल लोकतान्त्रिक थारु संघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकले माघीको अबसर पारेर यही पौष २६ गते माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
जसका लागि वैठकले विभिन्न समिति समेत गठन गरेको छ । जसमा मञ्च व्यवस्थापनका लागि धर्म वहादुर चौधरी संयोजकमा जगलाल चौधरी र अस्मा चौधरी लाई सदस्यमा चयन गरेको छ ।त्यस्तै खलुप्रसाद चौधरीको संयोजकत्वमा खाद्य व्यवस्थापन समिति गठन गरेको छ ।
जसको सदस्यहरुमा प्रेम प्रसाद चौधरी, भद्रविर चौधरी र छवि चौधरी रहनुभएको छ ।
त्यस्तै लौटन चौधरीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।
जसको सदस्यहरुमा मोहन चौधरी, सुन्दरप्रसाद चौधरी र स्यानी चौधरी रहनुभएको छ ।भने साँस्कृतिक व्यवस्थापन समितिको संयोजकमा जनक चौधरी लाई चयन गरिएको छ ।
भने सदस्यहरुमा सुख्खा चौधरी, साघुराम चौधरी, मायाँ र चौधरी रहनुभएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।