संसद विघटन विरुद्ध नागरिक अगुवाद्वारा बृहत आन्दोलन



काठमाडौं। संसद विघटनको कदमलाई प्रतिगमनको संज्ञा दिँदै नागरिक अगुवाहरुले बृहत नागरिक आन्दोलन सुरु गरेका छन्। शनिबार नागरिक अगुवाहरुले शनिबार काठमाडौंको माइतीघर मण्डलामा सडक नाटकसहित सांकेतिक प्रर्दशन गरेका हुन्। आइतबार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिँदै ओली कदमको चौतर्फी विरोध सुरु भएको छ।

माइतीघरमा भएको प्रदर्शनमा बोल्दै पत्रकार तथा नागरिक अगुवा नारायण वाग्लेले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमले गणतन्त्र धरापमा परेको बताएका थिए। उनले सर्वोभमसत्रा संसदमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई संकट पर्दा संसदबाट समाधान खोज्नु पर्ने बताए। उनले भ्यास्सिनको खोजी गर्ने बेला आन्दोलनमा आउन बाध्य पारिनु गलत भएको बताए।

नागरिक अगुवा तथा राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व प्रवक्ता मोहना अन्सारीले संविधानलाई प्रयोग गरेर अगाडी बढ्नु पर्नेमा पछाडी फर्कने प्रयास भएको बताइन्। संबिधानले सबै समस्याको समाधान खोज्ने थलो हुंदाहुंदै त्यस्तो गलोलाई विघटन गरिएको अन्सारीले बताइन्। माइतीघरमा भेला भएका नागरिक अगुवाहरूले प्रतिनिधिसभा विघटन गर्ने निर्णय संघीयता, समावेशितालगायतका उपलब्धिका लागि समेत खतरा बनेको बताएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्