सैघाली खबर
दाङ२२ पुस । सिद्धरत्ननाथ क्याम्पस नारायाणपुर दाङको पाँचौ साधारणसभा शनिवार नारायणपुरमा सम्पन्न भएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष भरतमणि शर्मा खनालको अध्यक्षता एंव दाङ प्रदेशसभा सदस्य सांसद अमर वहादुर डाँगीको प्रमुृख आतिथ्यताका कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि सांसद डाँगीले क्याम्पसको स्तरोन्नती संग दाङको शैक्षिक विकासका लागि दिर्घकालिन योजना निर्माण शैक्षिक स्तरको वृद्धि विकासका लागि काम गर्ने बताउनुभएको छ । साथै उहाँले अबको शिक्षालाई प्राविधिक शिक्षामुखी तर्फ उन्मुख गराउदै लैजाने जोड दिनुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि द्वय त्रिवि प्राध्यापक डिलाराम भट्टराई र काँग्रेस नेता भरत वहादुर न्यौपानेले क्याम्पसको विकासका लागि विशेष पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो ।
कार्यक्रममा मावि विजौरी प्रअ नुमाकान्त न्यौपाने, मावि रतनपुरका प्रअ विर वहादुर रावत, ज्ञानसिन्धु क्याम्पस नारायणपुरका भूप वहादुर रावत, नारायणपुर खानेपानीका कुलप्रसाद रजौरे ‘श्रवण’ नारायणपुर उवासंघका अध्यक्ष महेन्द्र दाहाल, पव्लीक क्याम्पस प्राध्यापक संघका केन्द्रिय सदस्य यूवराज रावत र क्याम्पस सञ्चालक समितिका सदस्य दिपक पाण्डे लगाएतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।