कविता : मलाई जे गरे नि छुट्छ



मलाई मन भए पुग्छ
मलाई तन भए पुग्छ
मलाई धन भए पुग्छ
मलाई नयन भए पुग्छ।

मलाई सत्ता भए पुग्छ
मलाई भत्ता भए पुग्छ
मलाई सान भए पुग्छ
मलाई मान भए पुग्छ ।

तिमीलाई म भए पुग्छ
मलाई तिमी भए पुग्छ
हामीलाई संसार नभए पुग्छ
हाम्रो माया पिरती छुट्छ।

यहाँ लुट्नेलाई छुट्छ
यहाँ कुट्नेलाई छुट्छ
यहाँ भुट्नेलाई छुट्छ
यहाँ चुट्नेलाई छुट्छ।

मलाई फुट्नलाई छुट्छ
मलाई जुट्नलाई छुट्छ
मलाई सुत्नलाई छुट्छ
मलाई उठ्नलाई छुट्छ।

मलाई बोल्नलाई छुट्छ
मलाई मोल्नलाई छुट्छ
मलाई मिलाउनलाई छुट्छ
मलाई जलाउनलाई छुट्छ।

मलाई घर फोर्न छुट्छ
मलाई मन चोर्न छुट्छ
मलाई बलत्कार गर्न छुट्छ
मलाई कानुनले नै छुट्छ
।।

मलाई बकेर्नो गाई पाल्न छुट्छ
मलाई घाँस हाल्ने छुट्छ
मलाई गाई दुउन छुट्छ
लौ त हेरौ मेरो गाई कस्ले लूट्छ!!

मलाई त छुटै छुट्छ
मलाई त लूटै लूट्छ
मलाई जे गरे नि छुट्छ
मलाई त बम्परै छुट्छ।।

धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्