टरिगाउँमा विमान सेवा आज देखि सञ्चालन हुँदै



सैघाली खबर
दाङ,२३ पुस


लामो समयदेखि अवरुद्ध रहेको टरिगाउँ विमानस्थलमा आज आइतवार देखि विमान सेवा सुचारु हुने भएको छ । आज विहान १२ वजे समिट एयरको जहाजले टरिगाउँ विमानस्थलमा अवतरण गर्ने तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले वताएका छन् ।

विमानमा नेपाल सरकारका उपप्रधानमन्त्री कृष्णवहादुर महरा, दाङ्ग क्षेत्र नम्वर ३ प्रतिनिधि सभाका सदस्य हिराचन्द्र केसी , सल्यानका प्रदेश सभा सदस्य प्रकाश ज्वाला र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे आउन लागेको तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्यले वताएका छन् ।

लामो समयको कसरत पछि विमान सेवा सुचारु हुन लागेको र यसलाई निरन्तरता दिने कुरा आम जनताको हातमा हरेको नगरप्रमुख पाण्डेले वताएका छन् । २०११ सालबाट सञ्चालनमा आएको विमानस्थल पटक पटक गरेर ४ पटक सम्म सञ्चालन हुँदै वन्द भएको थियो ।

पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको सक्रियतामा विमानस्थल सुचारु हुन थालेको हो । यसैविच तुलसीपुर उपमहानगरपालिकाले विमान सेवा सुचारु भएको अवसरमा कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा उपस्थितिका लागि यसक्षेत्रका उद्योगी, व्यवसायी, नागरिक समाज , सर्वसाधारण सवैलाई उपमहानगरपालिकाले आग्रह गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्