काठमाडौं। एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड १४ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले १ अर्ब ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वैधानिक रिजर्भमा ४५ करोड ६० लाख तथा नियामक रिजर्भमा ५१ करोड ८३ लाख रुपैंयाँ छुट्याएपछि वितरणयोग्य मुनाफा ४ करोड ६६ लाख ६५ हजार रुपैयाँ रहेको छ।
एनआइसी एसियाको खुद ब्याज आम्दानी १४ करोड १४ लाख रुपैयाँ बढेर १ अर्ब ९८ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा यसले १ अर्ब ८४ करोड रुपैंया खुद ब्याज आम्दानी गरेको थियो । खराव कर्जा अनुपात घटेसंगै गत वर्ष भन्दा इम्पेरिमेन्ट चार्ज ११४ प्रतिशतले घटेको छ।
त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा करिव २ प्रतिशतले बढेर १ अर्ब ४५ करोड ८० लाख रुपैयाँ पुगेको छ । ९ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्व ६९ करोड रुपैयाँ सञ्चित रहेको छ । पछिल्लो ३ महिनामा बैंकको निक्षेप २९ प्रतिशतले बढेर २ खर्ब ३१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ भने कर्जा २३ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ८९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।
एनआइसीको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ७१ पैसा रहेको छ । यसको निष्क्रिय कर्जा ०।०५ प्रतिशतबाट घटेर ०.४० प्रतिशतमा कायम भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।