१२ पुष,दाङ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यक्रम अनुसार देशका ७७ जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
प्रधानमन्त्रीको असंवैधानिक सिफारिशमा राष्ट्रपतिद्वारा संसद विघटन पश्चात मुलुक कठिन मोडमा पुगेको राप्रपाको ठहर छ।
कोरोना भाइरसका नियन्त्रण, महङ्गी बेरोजगारीको समस्या समाधान, भ्रष्टाचार नियन्त्रण र धर्म परिवर्तन रोक्न सरकार सक्षम नभएको राप्रपाको ठम्याइ छ।
सनातन धर्म साक्षेप हिन्दूराष्ट्र संबैधानिक राजसंस्थाको पुनःस्थापना आजको आवश्यकता र जनचाहना रहेको राप्रपाको ज्ञापनपत्र पत्रमा उल्लेख गरिएको छ।
संबैधानिक राजसंस्था र धार्मिक स्वतन्त्रता सहितको हिन्दू धर्म घोषणा गरीयोस भन्ने मुख्य माग सहित २२वटा माग गरीएको ज्ञापनपत्रमा उल्लेख छ।
राप्रपा दाङका अध्यक्ष क्षेत्र बहादुर बस्नेतले प्रमुख जील्ला अधिकारी जयनारायण आचार्य मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउनु भएको हो ।
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य टोपबहादुर शाह,दामोदर भण्डारी, बंशी कुमार शर्मा, तेजबहादुर बस्नेत, नरेशजंग राणा र कोमल बिश्वकर्माको बिषेश उपस्थिति रहेको थियो भने राप्रपा लुम्बिनी प्रदेश सदस्य किशोरकुमार न्यौपाने र लझ्मण क्षेत्री लगायतका नेताहरुको उपस्थिति रहेको राप्रपा दाङका सचिव श्रीमणी न्यौपानेले जानकारी दिनुभयो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।