काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट प्रतिनिधि मण्डल विरुद्ध प्रदर्शन गर्ने झण्डै एक दर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको भाटभटेनी चोकमा साँझ साढे पाँच बजे विरोध कार्यक्रमको आयोजना गरेका राष्ट्रिय एकता अभियानका संयोजक विनय यादव सहितका एक दर्जन युवा पक्राउ परेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी विभाजनका कारण छिमेकमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमलाई नजिकबाट बुझ्न चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचैको नेतृत्वमा चार सदस्यीय टोली काठमाडौं आइपुगेको हो ।
साँझ शीतल निवास छिरेको उक्त टोलीले नेकपाका सबैजसो नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । पक्राउ परेका सबैलाई मालिगाउँस्थित प्रहरी वृत्तमा लगेर राखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।