पार्टी एकताका विषयमा एमाले र माओवादीबीच छलफल हुँदै



सैघाली खबर
काठमाडौं,२३ पुस


निर्वाचनलगत्तै पार्टी एकताको प्रक्रियालाई अगाडी बढाउने बताएकाएमाले माओवादी केन्द्रको पार्टी एकीकरण प्रक्रियालम्बिएको छ । एमाले अध्यक्ष केपीशर्मा ओली र पुष्पकमलदाहाल प्रचण्डबीच भेटवार्ता हुने तय भएको छ । हिजो हुने भनिएको छलफल हुननसकेपछि भेटवार्ता आज तय गरिएको हो ।

एमाले अध्यक्ष ओली केहीदिन देखि अस्वस्थ हुनुहुन्छ । माओवादी केन्द्रकाअध्यक्ष प्रचण्डको भरतपुर–काठमाडौ उडान रद्द भएकाकारण भेट हुन नसकेको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार आजहुने पार्टी एकता समायोजन समितिको बैठक अगाडी प्रचण्ड र ओलीबीच भेटवार्ता तय गरिएको छ। प्रचण्ड सँगको भेटको तयारी स्वरुप ओलीले शारीरिक कमजोरीका बाबजुद माधव नेपाल लगायत आफ्नो पार्टीका वरिष्ठ नेताहरुसँग पार्टी एकता र सरकार गठनबारे परामर्श लिइरहनुभएको छ । आजदुई दलको एकता संयोजन समितिको बैठक पनिबोलाइएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्