काम बिग्रिसकेपछि फिर्ने चीनीयाँको बुद्धि



नेपालमा भएको राजनीतिक घटनाक्रमका बारेमा जानकारी लिन नेपाल आएको चीनीयाँ टोली नेपालमै छ । नेपालको राजनीतिमा अमेरीका र भारत हावी भएकाकारण नेपाल प्रतिगमनतिर गएको मौकामा चीनीयाँहरु नेपाल आउनुलाई सामान्यरुपमा बुझेपनि हुनेहो तर यो घटनालाई निकै चासोका साथ हेरिएको छ । विश्व राजनीतिको केन्द्रमा रहेको नेपाल सबैका लागि चासोको विषय बनेको छ ।

अमेरीकी एमसीसी जसरीपनि पास गरेर लानुपर्ने ओली खेमा र पास गर्नहुँदैन भन्ने अडानमा रहेको दाहाल–नेपाल समूहबीचको झगडापनि यही नै हो । यसकै कारण भएको झगडामा नेपालको संसद चेपुवामा पर्यो र अन्ततः संसद समाप्त भएको छ । नेपाली राजनीतमा भारत र अमेरिका भावी भएपछि चीनियाँहरुले नेपालमा गरेको लागानी खेर जाने होकी भन्ने चिनता उनीरुलाई हुनु स्वभाविकै हो ।

अमेरीका र चीनबीच विश्वव्यापीरुपमा जुन टकरावको अवस्था छ त्यसका नेपालको भूगोल र राजनीति जोडिएर आउँछ । नेपालमा बसेर आफूविरुद्ध अमेरीकाले गतिविधि गर्छ भन्नेमा स्पष्ट रहेका चीनयिाँहरु अलि ढिलो स्वभावका छन् । नेपाली अनुहारका नेपाली नेताहरुलाई बेलैका तह लगाउनै पर्ने हो भने चीनीयाँहरु किन किन ढिला गर्छन् ? काम बिग्रिसकेपछि नेपाल आउनुको फाइदा उनीहरुलाई के हुन्छ ? जवकी प्रम ओली अब एमसीसीकै कारण अमेरीकातिर ढलिकसकेका छन् । भारततीर ढल्किसकेका छन् । अब ओलीबाट अमेरीलाई प्रोत्साहन हुने र भारतीयलाई नेपालमाथी हस्तषेप गर्न सजिलो हुने काम हुनेछ ।

उनीहरु अमेरीकालाई तह लगाउने स्तरको विश्व राजनीमिा अघि आउने हो र नेपाल सरकारले त्यसमा सहयोग गर्नुपर्ने हो भने उनीहरु नेपालीलाई रिझाउन किन ढिला गर्छन् ? जसका कारण उनीहरु र नेपाललाई पनि घाटा भइरहेको छ । कामचलाउ भइसकेका प्रधानमन्त्री केपी ओली र नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीका नेताबिचको भेट भएको समाचारहरु आएका छन् ।

चीनीयाँ कम्युनिस्ट र्पाीको अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वमा आएको चार सदस्यीय प्रतिनिधि मण्डलबिच आइतबार बेलुका भेटमा नेकपामा बढेको विवाद समाधानको सूत्र खोज्न आएको अनुमान गरिएको टोली नेपालमा चार दिन रहनेछ । प्रधानमन्त्री ओली र चीनीयाँ टोलीबिचको भेटमा मुखैमा आएको सन् २०२१ को शुभकामना आदानप्रदान भएको र प्रधानमन्त्री ओलीले नेपाली भूभाग चीन विरोधी गतिविधिमा उपयोग हुन नदिने प्रतिबद्धता व्यक्त भएको जनाइएको छ ।

भेटमा चीनीयाँ टोलीले चीनका राष्ट्रपतिले पठाएको नयाँ वर्षको सन्देश सुनाएको र प्रधानमन्त्री ओलीले समेत शुभकामना दिएका थिए । प्रधानमन्त्री ओलीले नेपाललाई चीनबाट पाएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।

नेपालले एक चीन नीतिमा समर्थन गरेकोमा चीनको टोलीले प्रधानमन्त्रीलाई धन्यवाद दिएको भट्टराईले उल्लेख गरेका छन् । प्रमका सल्लाहकार राजन भट्टराईद्वारा सार्वजनिक प्रेस नोट अनुसार प्रतिनिधिमण्डलसँग सामान्य छलफल भएको दाबी गरिए पनि आकस्मिक नेपाल भ्रमणमा आएको टोलीको चासो नेकपामा बढेको किचलोको समाधान रहेको देखिन्छ । अहिले टोलीको नेतृत्व गरेका येझाउ तत्कालीन एमाले र माओवादीबिच एकताको सहमतिपछि नेपाल आएका थिए । उनलाई नेकपाको सूत्रधारको रूपमा लिइन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्